घटस्थापनाको दिनदेखि हाल सम्म १ लाख ३८ हजार २९६ जनाले उपत्यका छाडे - Chaitanya News
  • 2026-05-25
  • 02:24:42
  • आइतबार,जेठ १०, २०८३
  • घटस्थापनाको दिनदेखि हाल सम्म १ लाख ३८ हजार २९६ जनाले उपत्यका छाडे

    घटस्थापनाको दिनदेखि हाल सम्म १ लाख ३८ हजार २९६ जनाले उपत्यका छाडे

    काठमाडौँ– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यका छोड्नेहरूको सङ्ख्या बढ्दै गएको छ। स्कुल, कलेजहरूमा बिदा सुरु भएपछि काठमाडौँको गोङ्गबु बस पार्कमा बिहानै देखि काठमाडौँ छोड्नेहरूको भीड लाग्ने गरेको छ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार घटस्थापनाको दिनदेखि हाल सम्म करिब १ लाख ३८ हजार २९६ जनाले उपत्यका छाडेको जानकारी दिए।

    त्यस्तै यस वर्ष विभिन्न कारणले अग्रिम टिकट बुकिङ खुल्ला नगरिए पनि एक दिन अगाडिको टिकट लिने व्यवस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ। जसका कारण टिकट लिनेहरूको समेत गोङ्गबु बस पार्कमा भीड लागेको छ।

    हाल गोङ्गबु नयाँ बसपार्क, माछापोखरीस्थित धादिङ बसपार्क, कोटेश्वर, कलङ्की लगायत विभिन्न चोकहरूमा उपत्यका छोड्नेहरूको भीड लाग्ने गरेको छ।