गृह सचिव दुवाडीसहित तीन सचिवको सरुवा, को कहाँ ? - Chaitanya News
  • 2026-05-17
  • 14:58:47
  • आइतबार,जेठ ०३, २०८३
  • गृह सचिव दुवाडीसहित तीन सचिवको सरुवा, को कहाँ ?

    गृह सचिव दुवाडीसहित तीन सचिवको सरुवा, को कहाँ ?

    काठमाडौँ– गृह सचिवसहित तीन सचिवको सरुवा र्भएको छ। आज (मंगलबार) सरकारले गृह सचिव  गोकर्णमणि दुवाडीसहित तीन सचिवको सरुवा गरेको हो।

    स्रोतका अनुसार गृह सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा पठाइएको छ। दुवाडीको स्थानमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई ल्याइएको छ।

    यस्तै, राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ।