लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-17
  • 14:57:31
  • आइतबार,जेठ ०३, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. तल दिइएका जोडा विचार गर्नुहोस् ।
    क) असंग्लन आन्दोलन (NAM)को स्थापना १९६१,बेलग्रेडमा भएको हो ।
    ख) एशियाली विकास बैंकको स्थापना सन् १९६६ डिसेम्बर १९ मा भएको हो
    ग) आसियानको स्थापना १९६७ अगष्ट ८ मा भएको थियो ।
    घ) IBRD को सदस्य हुनपूर्व IMF को सदस्य हुनुपर्छ ।
    A. क र ख मात्र ठिक                     B. ख र घ मात्र ठिक
    C. माथिका सबै ठिक                     D. क र घ मात्र ठिक

    2. सर्वप्रथम दोहोरो भिटो प्रयोग गर्ने स्थायी राष्ट्र कुन हो ?
    A. रुस                           B. बेलायत                   C. अमेरिका                         D. चीन

    3. राज्यका निर्देशक सिद्धान्त, निति तथा दायित्व भाग ४ मा व्यवस्था गरिएको छ भने राज्य शक्तिको संरचना र राज्यको शक्तिको बाँडफाँड भाग कतिमा व्यवस्था गरिएको छ ?
    A. भाग ४                      B. भाग ६                      C. भाग १०                         D. भाग ५

    4. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
    1. चिपको आन्दोलन                  a. सन् १९९२
    2. एजेन्डा –२१                          b. सन् १९९७
    3. क्योटो प्रोटोकल                    c. सन् १९७१
    4. रामसार कन्भेन्सन               d. सन् १९७३
    A. 1d,2a,3c,4b           B. 1d,2c,3a,4b            C. 1d,2a,3b,4c               D. 1d,2b,3a,4c

    5.आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार कुल गार्हस्थ उत्पादनमा बढीबाट कम योगदान भएको प्रदेशको क्रम तलका मध्ये कुन सहि छ ?
    A. कोशी, लुम्बिनी, बागमती र मधेश            B. लुम्बिनी, कोशी, बागमती र मधेश
    C. बागमती, कोशी, लुम्बिनी र मधेश            D. बागमती, लुम्बिनी, कोशी र मधेश

    6.सिद्ध पोखरी कुन जिल्लामा पर्दछ ?
    A. काठमाण्डौ               B.भक्तपुर                 C. ललितपुर                     D.धादिङ

    7. राणाकालमा जिल्ला स्तरीय प्रशासनिक निकायलाई के भनिन्थ्यो ?
    A. थानागढी                  B. जिल्ला कार्यालय       C. गोश्वारा अड्डा          D.तहसील

    8.नेपालको राष्ट्रिय बजेटमा जलवायु संकेत (Climate Code) को अभ्यास कुन आर्थिक वर्षदेखि हुँदै आएको छ ?
    A. आ.व. २०६८/२०६९                  B. आ.व. २०७०/२०७१
    C. आ.व. २०७२/२०७३                  D. आ.व. २०७४/२०७५

    9.तलका मध्ये कुन जोडा सहि छैन् ।
    1. Apiculture – मौरी 2.Sericulture – रेशम खेती
    3. Etymology – किराको अध्ययन 4. Acoustic – हवाईजवाज
    A. 1 र 3                      B.2 र 4                         C. 3 र 4                          D. सबै सहि

    10.’Earth Sister Planet, Twin Planet भन्नाले कुन ग्रहलाई चिनिन्छ ?
    A. शनि                      B. शुक्र                           C.वरुण                            D.बृहस्पति

    11. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
    a. तेलको नदी                                                       1. नाईल
    b. विश्वमा सबैभन्दा बढी बालुवा बोक्ने नदी           2. डेन्युव
    c. १० वटा देश भएर बग्ने                                       3. ह्वाङ्हो
    d. विश्वको सबैभन्दा लामो नदी                             4. नाईजर
    A) a4,b3,c2,d1                B) a4,b2,c3,d1                C) a3,b4,c2,d1                    D) a4,b3,c2,d1

    12. २०४६ सालको आन्दोलन के सँग सम्बन्धित रहेको छ ?
    A. बहुदलीय प्रजातन्त्र पुन स्थापनाको लागि        B. संवैधानिक प्रजातन्त्र र बहुदलीय लोकतन्त्र
    C. राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा          D. माथिका कुनै पनि होईन् ।

    13.अफ्रिका महादेशको सबैभन्दा ठुलो भूपरिवेष्ठित राष्ट्र कुन हो ?
    A. बेलारुस                          B. बेलिभिया                   C. चाड                            D. काजकिस्तान

    14. विश्वका विभिन्न भु–भाग र खोजकर्ता सम्बन्धमा कुन कुन सही छन् ?
    भु–भागः खोजकर्ताः खोज मितिः
    १) पश्चिमी द्विप – क्रिष्टोफर कोलम्बस, इटली – सन् १४९२
    २) न्यू फाउड ल्याण्ड – जो केबेट – भेनेसियन, इटाली – सन् १४९७
    ३) ब्राजिल – पेट्रो अल्मारेज, पोर्चुगल – सन् १५००
    ४) अष्ट्रेलिया – क्याप्टेन जेम्स कुक, बेलायत – सन् १७६८
    ५) दक्षिण ध्रुव – एमण्डसेन, नर्वे – सन् १९११
    A. १, २, ३ मात्र सही              B. २, ३, ४ मात्र सही           C. ४, १ र ३ मात्र सही           D. सबै सही

    15. कोतपर्वमा पहिलो मारिने व्यक्ति को हुन् ?
    A. जंगबहादुर                    B. अभिमानसिंह बस्नेत        C. युद्धवीर अधिकारी            D.फत्तेजंग शाह

    16.Westphalia Treaty के सँग सम्बन्धित छ ?
    A. शरणार्थी व्यवस्थापन    B. सामूहिक सौदावाजी          C. अन्तर्राष्ट्रिय सहयोग        D. अन्तर्राष्ट्रिय सम्बन्ध

    17. कुन भनाइ गलत छ ?
    A. नेपालको उच्च स्थानमा रहेको मार्ग थोराङ पास मनाङ जिल्लामा पर्दछ
    B. नेपालको सबैभन्दा ठूलो गुफा सिद्ध गुफा पर्वत जिल्लामा पर्दछ
    C. लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो जिल्ला दाङ हो
    D. भाटभटेनी भञ्ज्याङ ओखलढुङ्गा जिल्लामा पर्दछ

    18. नेपालका तर्फबाट साफटा (SAFTA) मा हस्ताक्षर कसले गरेका थिए ?
    A. कमलबहादुर थापा                      B.डा.भेषबहादुर थापा
    C. डा.प्रकाशचन्द्घ लोहनी               D.डा. प्रकाशचन्द्र महत

    19. प्रदेश मन्त्रिपरिषद्को गठनको व्यवस्था संविधानको कुन धारामा गरिएको छ ?
    A. धारा १६७              B. धारा १६८                C. धारा १६९                      D. धारा १७०

    20. जैविक विविधता सम्बन्धि सन्धि कुन सम्मेलनमा प्रस्तुत गरिएको थियो ?
    A. रियो सम्मेलन         B. डकार सम्मेलन        C. स्टकहोम सम्म            D. माथिका सबै सम्मेलनमा

    उत्तरः

    1. C 11. A
    2. A 12. A
    3. D 13. C
    4. C 14. D
    5. C 15. B
    6. B 16. D
    7. C 17. D
    8. A 18. B
    9. C 19. B
    10. B 20. A

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100