काठमाडौ– नेकपा एमालेका वागमती प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य डा. दिनेश चन्द्र देवकोटाले सरकारले अध्यादेश ल्याएर लोकतन्त्रको उपहास गर्न खोजेको बताएका छन्। ‘काम चलाउ सरकारले अध्यादेश ल्याउनु प्रजातन्त्र र लोकतन्त्रलाई नै ने खिल्ली उडाउखालको काम हो। संघीयतालाई आक्रमण गर्नेगरी मान्छेहरु लागेका छन्। प्रदेशलाई सवलीकरण गर्नेगरी मेरो बुद्धि विवेक र अनुभव प्रयोग हुनेछ।’ उनले भने।
आईतवार समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र बुझेपछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले भुँइका मानिसहरुलाई माथि उठाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।