लोसपाले गर्‍यो नवनिर्वाचित सांसदहरूलाई सम्मानसहित स्वागत - Chaitanya News
  • 2026-05-07
  • 06:44:12
  • बिहिबार,बैशाख २४, २०८३
  • लोसपाले गर्‍यो नवनिर्वाचित सांसदहरूलाई सम्मानसहित स्वागत

    लोसपाले गर्‍यो नवनिर्वाचित सांसदहरूलाई सम्मानसहित स्वागत

    काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीले नवनिर्वाचित सांसदहरूलाई सम्मानसहित स्वागत गरेको छ।

    मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनबाट विजयी प्रत्यक्ष र समानुपातिकतर्फका उमेदवारहरूलाई बधाई तथा सम्मान गरिएको पार्टी केन्द्रीय कार्यालय सचिव रञ्जित निष्पक्षले जानकारी दिए।

    सोमबार पार्टी मुख्य कार्यालय बबरमहलमा पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता शरतसिंह भण्डारी, नेता सर्वेन्द्रनाथ शुक्ललगायतको उपस्थितिमा निर्वाचितहरूलाई सम्मान गरिएको उनले जानकारी दिए।