ओलीसँग मिलेर सरकार बन्छ भन्नु अलमल्याउने खेल मात्रै : अध्यक्ष नेपाल - Chaitanya News
  • 2026-08-18
  • 05:47:16
  • मंगलबार,भाद्र ०२, २०८३
  • ओलीसँग मिलेर सरकार बन्छ भन्नु अलमल्याउने खेल मात्रै : अध्यक्ष नेपाल

    ओलीसँग मिलेर सरकार बन्छ भन्नु अलमल्याउने खेल मात्रै : अध्यक्ष नेपाल

    काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओलीसँग मिलेर बामपन्थी सरकार बनाउने कुरा कल्पना पनि गर्न नसकिने बताएका छन्। अध्यक्ष नेपालले ओली (नेकपा एमाले ) सँग मिलेर सरकार बन्छ भन्नु अलमल्याउने खेल मात्रै भएको दावी गरे।

    आज पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिलाई बधाइ दिन आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले भएको गठबन्धन छोडेर ओलीलाई विश्वास गर्न गए घर न घाटको हुन सक्ने टिप्पणी गरे।

    कसैले बामपन्थीको सरकार बनाउने कुरा सोचिरहेका छन भन्दै ओली तिर अंकित गर्दै अध्यक्ष नेपालले भने “हामी भएको विश्वास गुमाएर विश्वास माथी अविश्वास गर्न सक्दैनौँ, त्यो हाम्रो लागि गल्ती हुनेछ, अलमल्याउने बाटो मात्रै हुनेछ।”

    नेकपा एमालेसँग मेलमिलाप हुने कुरा हल्ला मात्रै भएको स्पष्ट पार्दै नेता नेपालले बजारमा चलेको हल्लाको पछाडी नलाग्न पनि सांसद र पार्टीका नेताहरूलाई आग्रह गरे।