1. एशिया महादेश र उत्तर अमेरिका महादेशको बिचमा कुन सागर रहेको छ ?
A. मृतसागर B. लालसागर C. वेरिङ सागर D. पनामा नहर
2. साङघाई सहयोग संगठन (एससियो) प्लसको शिखर सम्मेलन कहिल आयोजना भयो ?
A. सन् २०२५ मे ३१ देखि सेप्टेम्बर १ B. सन् २०२५ अगष्ट ३१ देखि सेप्टेम्बर १
C. सन् २०२५ जनवरी ३१ देखि सेप्टेम्बर १ D. सन् २०२५ फेब्रुअरी ३१ देखि सेप्टेम्बर १
3. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समूह I समूह II
a. खप्तड ताल 1.मकवानपुर
b. कामिनि दह 2.डोटी
c. माईपोखरी 3.संखुवासभा
d. गल्कोट दरबार 4.बारा
5.इलाम
A) a1,b2,c3,d4 B) a2,b4,c5,d1 C) a2,b1,c4,d3 D) a2,b3,c4,d1
4.तमाखुमा विष मिलाई हत्या गरिएका मल्ल राजा को हुन ?
A.सिद्धि नरसिंह मल्ल B. योग नरेन्द्र मल्ल C. अभय मल्ल D. लक्ष्मी नरसिंह मल्ल
5. विश्व जैविक विविधता दिवस, २०२५ को नारा के रहेको थियो ?
A. सम्झौताहरूको अनुमोदन देखि कदमहरू सम्म
B. “प्रकृति र दिगो विकास,समृद्धिको मूल आधार“
C. पृथ्वीका सबै जीवात्माको साझा भविष्य निर्माण गरौँ’
D. कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदास संरक्षण एवं दिगो उपयोग, हाम्रो प्रतिबद्धताु
6. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
A. सोरठी – मगर B.जुडशितल – मैथली C. उभौली – राई D. पातमोला – मेचे
7. अमेरिकी स्वतन्त्रता संग्रामको घोषणालाई सर्वप्रथम मान्यता दिने राष्ट्र फ्रान्स हो भने त्यसपछि कुन कुन राष्ट्रले मान्यता दिएका हुन ?
A. स्पेन र हल्याण्ड B. बेलायत र स्पेन C. हल्याण्डर र बेलायत D. बेलायत र अमेरिका
8. पशुपतिनाथको मन्दिरमा सुनको छाना चढाउने राजा को हुन ?
A. प्रचण्डदेव B.यक्ष मल्ल C. शिवदेव D. प्रचण्डदेव
9. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. औद्योगिक क्रान्तिको शुरुवात बेलायतबाट भएको हो ।
२. अक्टोबर क्रान्ति सन् १९१९ मा भएको थियो ।
३. अक्टोबर क्रान्तिले रुसमा जार शासनको अन्त्य ग¥यो ।
A. १,२ मात्र सहि B. सबै सहि C. १ ३ मात्र सहि D.१ मात्र सहि
10. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
सूचि I सूचि II
a.घण्टाघर 1.देव शमशेर
b.सैनिक अस्पताल 2.जुद्ध शमशेर
c.बिराटनगर जुट मिल 3.चन्द्र शमशेर
d.गोरखापत्र प्रकाशन 4.वीर शमशेर
A) a4,b3,c2,d1 B) a4,b2,c3,d1 C) a1,b2,c4,d3 D) a3,b1,c4,d2
11.नेपाल सरकारले मुगु जिल्लामा छायानाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने कहिले निर्णय ग¥यो ?
A. वि.सं. २०८२ असार १३ B. वि.सं. २०८२ श्रावण १३
C. वि.सं. २०८२ भदौ १३ D. वि.सं. २०८२ जेठ १३
12. CAR -T कुन रोगसँग सम्बन्धित छ ?
A.क्यान्सर B. मधुमेह C. क्षयरोग D.दादुरा
13.शरिरको संरचना वा बनावटको बारेमा अध्ययन गर्ने शास्त्र तलका मध्ये कुन हो ?
A) Anatomy B) Cardiology C) Oncology D) Mycology
14. सार्क बडापत्रमा हस्ताक्षर गर्ने प्रधानमन्त्री को हुन ?
A. वेनजिर झुटो B. जुनियर रिचर्ड जयवर्दन C. राजिव गान्धि D. कृष्ण प्रसाद भट्टराई
15. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. संयुक्त राष्ट्रसंघले सन् १९९० साक्षरता वर्षको रुपमा मनाएको थियो ।
२. युरापेली संघ (EU) को प्रधान कार्यालय इटालीको रोममा रहेको छ ।
A. १ मात्र सहि B. २ मात्र सहि C. दुवै सहि D. दुवै गलत
16.तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. अर्नाको लागि कोशीटप्पु वन्यजन्तु आरक्ष प्रसिद्ध छ ।
२. बाह्रसिंगेको लागि शुक्लाफाटा वन्यजन्तु आरक्ष प्रसिद्ध छ ।
A.दुवै ठिक B.दुवै बेठिक C.१ ठिक २ गलत D.२ ठिक १ गलत
17.संयुक्त राष्ट्रिय संघीय वातावरण कार्यक्रमको स्थापना कहिले भएको हो ?
A.सन् १९७२ डिसेम्बर १५ B.सन् १९७२ डिसेम्बर १६
C.सन् १९७२ डिसेम्बर १७ D.सन् १९७२ डिसेम्बर १८
18.नेपालमा स्वास्थ्य सम्बन्धी कार्यक्रमम कुन योजना देखि गर्न थालिएको हो ?
A. चौथो योजना B.पाँचौ योजना C.छैठो योजना D. सातौ योजना
19.विश्व पर्यटन दिवस कहिले मनाईन्छ ?
A. सेप्टेम्बर १० B. सेप्टेम्बर २० C. सेप्टेम्बर २७ D. सेप्टेम्बर ३०
20. चन्द्रमाको आफै प्रकाश नभएको तथ्य पत्ता लगाउने वैज्ञानिक को हुन ?
A. आर्किमिडिज B. न्युटन C. ग्यालिलियो D.चाल्र्स डार्विन
उत्तरः
1. C 11. C
2. B 12. A
3. B 13. A
4. B 14. C
5. B 15. A
6. D 16. A
7. A 17. A
8. C 18. B
9. C 19. C
10. A 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 635