काठमाडौं– जनमत पार्टीले मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको छ।
सोमबार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै जनमत पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता राउतले मधेस प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको बताए। सो पार्टीले मधेस प्रदेशमा १३ सिट जितेको छ।
राउतले संघीय सरकारमा जान पनि आफ्नो पार्टी सकरात्मक रहेको बताए।