जनताको चाहना सरकारमा जाओस् भन्ने छ, गठबन्धनसँगै मिलेर अघि जान्छौं : सिके राउत - Chaitanya News
  • 2026-05-07
  • 06:44:13
  • बिहिबार,बैशाख २४, २०८३
  • जनताको चाहना सरकारमा जाओस् भन्ने छ, गठबन्धनसँगै मिलेर अघि जान्छौं : सिके राउत

    जनताको चाहना सरकारमा जाओस् भन्ने छ, गठबन्धनसँगै मिलेर अघि जान्छौं : सिके राउत

    काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो पार्टी वर्तमान गठबन्धनसँगै मिलेर अघि जाने बताएका छन्। बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयमा आयोजित जलपान कार्यक्रममा प्रतिक्रिया दिँदै राउतले जनताको चाहना बमोजिम आफूहरु सरकारमा जानका लागि छलफलमा रहेको बताएका हुन।

    ुजनताको अपेक्षा सरकारमा गएर काम गरोस् भन्ने छ। त्यसैले सत्ता गठबन्धन सँगै हुने जस्तो देखेका छौं, हामी छलफलमा छौं, राउतले भने।

    आज बसेको जनमत पार्टीको संसदीय दलको बैठकले राउतलाई दलको नेतामा चयन गरेको थियो।

    राउत सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टी समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको छ।