गठबन्धनका नेताहरूमा अहङ्कार देखिए जस्तोसुकै परिस्थितिको सामना गर्छौ : माधव नेपाल - Chaitanya News
  • 2026-05-07
  • 06:03:34
  • बिहिबार,बैशाख २४, २०८३
  • गठबन्धनका नेताहरूमा अहङ्कार देखिए जस्तोसुकै परिस्थितिको सामना गर्छौ : माधव नेपाल

    गठबन्धनका नेताहरूमा अहङ्कार देखिए जस्तोसुकै परिस्थितिको सामना गर्छौ : माधव नेपाल

    काठमाडौ– प्रतिनिधि सभामा राष्ट्रिय दल समेत बन्न नसकी १० सिटमा खुम्चिएको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनका प्रमुख दलका नेताहरूलाई धम्क्याएका छन्।

    आफ्नो पार्टीका १० सांसदहरूलाई स्वागत गर्न आयोजित कार्यक्रममा उनले आफूहरू गठबन्धनप्रति प्रतिबद्ध रहेको तर गठबन्धनका नेताहरूमा अहङ्कार देखिए जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको भन्दै धम्क्याएका हुन्।

    अहिले सत्ता घटक दलहरूबिच सरकार कसको नेतृत्वमा बनाउने भन्ने गृहकार्यसँगै पावर सेयरिङमा आन्तरिक गृहकार्य भइरहेको छ। नेपाली काँग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीमा दाबी गरे पनि एकीकृत समाजवादीले आफ्नो दाबी सार्वजनिक गरेको छैन। तर एकीकृत समाजवादी सभामुखको पक्षमा रहेको गठबन्धनका नेताहरू बताउँछन्।

    सोमबार आयोजित कार्यक्रममा उनले गठबन्धन दलका नेताहरूले सँगसँगै जाने सहमति गरेको तर गठबन्धनभित्रको दलका नेताहरूमा अहङ्कार पलाउँछ भने जस्तोसुकै स्थितिको सामना गर्न तयार रहेको बताएका थिए।

    उनले प्रतिनिधिसभा निर्वाचनबाट काँग्रेसलाई धेरै फाइदा भएको टिप्पणी गर्दै तर निर्वाचनले कुनै पार्टीलाई बहुमत नदिएकाले सबैले नोक्सानी बेहोरेको बताए।

    ुफाइदा लियो नेपाली कांग्रेसले। त्यो स्वाभाविक थियो’ उनले भनेु हामी सङ्ख्यामा सानो छौँ। तर आत्तिएका छैनौँ।