शाखा अधिकृत सिफारिस उम्मेदवारलाई चैतन्यको बधाई - Chaitanya News
  • 2026-05-23
  • 23:43:22
  • शनिबार,जेठ ०९, २०८३
  • शाखा अधिकृत सिफारिस उम्मेदवारलाई चैतन्यको बधाई

    शाखा अधिकृत सिफारिस उम्मेदवारलाई चैतन्यको बधाई

    काठमाडौं – काठमाडौंको शङ्खमुलमा अवस्थित चैतन्य एकेडेमीले लोकसेवा आयोगबाट नेपाल न्याय सेवा अन्तरर्गत (न्याय, कानुन र सरकारी वकिल) रा.प. तृतीय श्रेणी शाखा अधिकृत वा सो सरहको पदमा सिफारिस भएका उम्मेदवारलाई बधाई तथा शुभकामना प्रदान गरेको छ।

    एकेडेमीले एक समारोहबीच उनीहरूलाई हिजो (बिहीबार) बधाई तथा शुभकामना प्रदान गरेको हो । नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनालीको प्रमुख आतिथ्त्वमा उक्त कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा अतिथिहरु सहन्यायधिवत्ता उध्व राज पुडासैनी, उपसचिव विजय कुमार शर्मा, उपसचिव गणेश पौडेल,उपसचिव विष्णु पौडेल र उपसचिव बसन्त उपाध्याय रहेका थिए। नवनियुत्त शाखा अधिकृतहरुलाई एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले खादामाला र टीका लगाएर बधाई ज्ञापन गरेका हुन् ।

    चैतन्यले विगत लामो समयदखि खरिदार देखि सहसचिव सम्म लेकसेवा आयोगबाट सिफारीस हुनेहरुलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गर्दै आईरहेको छ। यसै कार्यक्रमको निरन्रता स्वरुप हिजो (बिहीबार) हालै लोकसेवा आयोगबाट शाखा अधिकृतमा सिफारीस भएकाहरुलाई एक समारोहबिच बधाई एवं शुभकामना प्रदान गरेको हो ।

    सहसचिव, उपसचिव, शाखाअधिकृत, स्वास्थ्य सेवा, शिक्षक सेवा, प्रहरी सेवा, बैंकिङलगायत विभिन्न क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको बताउँदै सहभागी अधिकृतहरूले चैतन्यको उक्त कार्यको प्रशंसा गरेका थिए। उनीहरूले चैतन्यले व्यावसायिक मात्र नभई सामाजिक उत्तरदायित्व बहन गर्ने क्षेत्रमा समेत काम गर्दै आएको र यसले उतप्रेणीत गर्ने, उत्साहा थप्न मदत पुग्ने गरि विभिन्न कार्यक्रम गर्दै आईरहेको भन्दै तारिफ गरेका हुन् । आफ्नो सफलतामा चैतन्यको ठूलो भूमिका रहेको उनिहरुले बताएका थिए । चैतन्यको उत्कृष्ट व्यवस्थापन र उत्कृष्ट गुणस्तरले नै उत्कृष्ट नतिजा दिन सफल भएको उनीहरूको भनाइ रहेको थियो।

    चैतन्य एकेडेमीले लोकसेवा आयोग तयारी कक्षाका साथै विभिन्न पेसामा संलग्न व्यक्तिहरूको पेसागत क्षमता अभिवृद्धि नीति निर्माण संगठनात्मक विकासका क्षेत्रमा विगत १३ वर्षदेखि काम गर्दै आइरहेको र उत्त क्षेत्रमा राम्रो दखल राखेको कार्यक्रमा पाल्नु भएको प्रमुख अथिति गोपीनाथ मैनाली आफ्नो विचार व्यक्त गरे। त्यसैगरी, आयोगका पूर्वसचिव मैनालीले देशको सार्वजनिक प्रशासनको भावी पुस्तालाई नैतिकवान्, चरित्रवान् र उच्च जिम्मेवारसहित देशको सार्वजनिक प्रशासनको छविलाई उचाइमा पुर्‍याउने काममा सक्रिय रहन सुझाव दिएका थिए । उनले आफ्ना प्रशासनका राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव पनि साटेका थिए ।

    चैतन्यले राष्ट्रको प्रथामिकताका एजेण्डाहरुमा राष्ट्रिय, अन्तराष्ट्रिय स्तरको सम्मेलन पनि आयोजना गर्दै आईरहेको छ।