राष्ट्रपतिबाट सरकार गठनको आह्वान, दललाई सात दिनको म्याद - Chaitanya News
  • 2026-05-07
  • 05:43:01
  • बुधबार,बैशाख २३, २०८३
  • राष्ट्रपतिबाट सरकार गठनको आह्वान, दललाई सात दिनको म्याद

    राष्ट्रपतिबाट सरकार गठनको आह्वान, दललाई सात दिनको म्याद

    काठमाडौं –  राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले आइतबार राजनीतिक दलहरुलाई सात दिनको म्याद दिएर सरकार गठनका लागि आह्वान गरेकी हुन्।

    राष्ट्रपति भण्डारीले सरकार गठनका लागि सात दिनको समय दिएकी छन् ।
    निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको परिणाम बुझाएपछि राष्ट्रपतिले सरकार गठन गर्न आह्वान गरेकी हुन्।

    राष्ट्रपति भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ पुस १० गते आइतबार ५ बजे बजे भित्र दावी पेश गर्न सम्माननीय राष्ट्रपतिबाट आव्हान भएको व्यहोरा अनुरोध छ ।’

    यता दलहरुसँग स्पष्ट बहुमत नभएकाले सरकार गठन थप पेचिलो बन्दै गएको छ।