काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शम्शेर जबराले संघीयता मधेशका आठ जिल्लामा सीमित गरे हुने बताएका छन्। मधेश प्रदेशको लागि मात्र संघीयता आवश्यक भएकाले मधेशका आठ जिल्लामा मात्र सीमित गरे हुने उनले उनको भनाइ थियो।
प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र बुझेपछि उनले भने, ‘संघीयता मधेशको आठ जिल्लाको लागि मात्र हो। अब अन्त किन खर्च गर्नुपर्यो। अन्त त मान्छेले वास्तवमा संघीयता खोजेकै होइन।’
संघीयता अब देशले धान्न नसक्ने उनले बताए। ‘संघीयताका कारण खर्च बढी भयो, देशले धान्न नसक्ने भयो’, उनले थपे, ‘संघीयता खारेज गर्ने नै होइन, मधेशमा मात्र सीमित राखे पुग्छ। अन्यले संघीयता मागेको पनि होइन।’