मुख्य सचिवको कार्यकाल दुई वर्ष नै राख्ने सहमति, अवकाशको उमेर भने ६० वर्ष - Chaitanya News
  • 2026-08-25
  • 13:32:10
  • मंगलबार,भाद्र ०९, २०८३
  • मुख्य सचिवको कार्यकाल दुई वर्ष नै राख्ने सहमति, अवकाशको उमेर भने ६० वर्ष

    मुख्य सचिवको कार्यकाल दुई वर्ष नै राख्ने सहमति, अवकाशको उमेर भने ६० वर्ष

    काठमाडौँ– राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मुख्यसचिवको कार्यकाल दुई वर्ष नै राख्ने सहमति भएको छ ।

    हाल मुख्यसचिवको कार्यकाल तीन वर्ष छ। यसलाई घटाएर दुई वर्ष मात्रै कायम गर्ने गरी प्रतिनिधि सभाले सहमति गरेर संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पठाएको छ।

    राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मुख्यसचिवको कार्यकाल दुई वर्ष नै राख्ने सहमति गरेको हो।

    निजामती सेवामा अवकाशको उमेर भने ६० वर्ष हुने छ। हाल ५८ वर्ष रहेको छ।

    निजामती सेवा विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफलमा छ।

    यो विधेयक गत असार १५ गते प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको हो।