1. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
पर्वतमाला महादेश
a.आल्पस 1.युरोप
b.एण्डिज 2.अन्टर्कटिका
c.एट्लस 3.दक्षिण
d.एल्सवर्थ पर्वत 4.अफ्रिका
A) a1,b2,c3,d4 B) a1,b3,c4,d2 C) a1,b4,c3,d2 D) a2,b3,c4,d1
2. एक गाउँ पोखरी अभियान कुन प्रदेशले सञ्चालन गरेको अभियान हो ?
A. मद्येश प्रदेश B. बागमती प्रदेश C. गण्डकी प्रदेश D.लुम्बिनी प्रदेश
3. मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना कुन जिल्लामा सञ्चालित छ ?
A. ललितपुर B.काभ्रेपलाञ्चोक C.सिन्धुपाल्चोक D.रसुवा
4. देहायका भनाई विचार गर्नुहोस् ।
१. नेपाल पछिल्लो पटक UNO को आर्थिक तथा सामाजिक परिषद् अंगको सदस्यतामा निर्वाचित भएको छ ।
२. भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने उर्जा सम्झौता २०२३ डिसेम्बर १८ मा गरेको हो ।
A. १ मात्र ठिक B.दुबै ठिक C.२ मात्र ठिक D.दुबै बेठिक
5. नेपालमा प्रतिव्यक्ति राष्ट्रिय आय कति अमेरिकी डलर पुगेको छ
A. १५१७ अमेरिकी डलर B.१५५६ अमेरिकी डलर
C. १३५६ अमेरिकी डलर D.१२५६ अमेरिकी डलर
6. गजलकार प्रकट पङ्गेनीको निधन कहिले भयो ?
A. वि.सं.२०८१ जेठ ४ B.वि.सं. २०८१ जेठ १०
C. वि.सं.२०८१ बैशाख १० D.वि.सं. २०८१ बैशाख ४
7.Rule of Law Index 2024 मा नेपालको स्थान कतिमा रहेको छ ?
A) 69th B) 72th C) 36th D) 100th
8.आर्थिक वर्ष २०८२/८३ को बजेटले वित्तिय व्यवस्थातर्फ कति प्रतिशत रकम छुट्टाएको छ ?
A)18.10% B)18.94% C)61.39 % D)19.1%
9. देहायका भनाई विचार गर्नुहोस् ।
१.बेलायतका प्रथम अन्तरिक्ष यात्री एरियल हुन ।
२.पृथ्वीको सबैभन्दा नजिकको ग्रह शुक्र हो ।
३.प्रकाशको गति पत्ता लगाउने रोमर हुन ।
४.एक्सप्लोर-१ यान सन् १९५८ जनवरी ३१ मा अमेरिकाले पठाएको यान हो ।
माथि दिइएका भनाई कुन कुन ठिक छन ।
A. १ र २ मात्र B. २ र ३ मात्र C.१ र ३ मात्र D.सबै ठिक
10. एक अर्कोको ऐनामा देखिने प्रतिबिम्ब हुने आकार भएका महादेशहरु कुन कुन हुन ?
A.उत्तर अमेरिका र दक्षिण अफ्रिका B.एशिया र अफ्रिका
C.एशिया र युरोप D.अफ्रिका र दक्षिण अमेरिका
11.Morning and Evening star भनेर कुन ग्रहलाई चिनिन्छ ?
A. बृहस्पति B. बुध C. शुक्र D. शनि
12.नेपाली साहित्यमा धेरै श्लोक भएको ग्रन्थ चन्द्र युगु का लेखक को हुन ?
A.चन्द्र सायमी B.चन्द्र प्रपन्नाचार्य C.सुन्दरानन्द बाँडा D.चन्द्र प्रकाश न्यापाने
13.राष्ट्रिय जनगणना २०७८ अनुसार सबैभन्दा कम जनसंख्या वृद्धिदर भएको जिल्ला कुन हो ?
A.भक्तपुर B. गोर्खा C.रामेछाप D.झापा
14.गिजाबाट रगत आउने समस्या कुन भिटामिनको कमिले हुन्छ ?
A)Vitamin ‘A’ B) Vitamin ‘B’ C) Vitamin ‘C’ D) Vitamin ‘D’
15.एशियामा १२ देश भूपरिवेष्ठित रहेका छन् भने दक्षिण अमेरिकामा कति वटा देश भूपरिवेष्ठित छन ?
A.२ देश B.५ देश C.३ देश D.६ देश
16.’Land of first fir’ भनेर कुन टापुलाई चिनिन्छ ?
A. ग्रीनल्याण्ड B.आईसल्याण्ड C. मडागास्कर D.न्यु फाउण्डल्याण्ड
17.निम्न देशहरु बारे विचार गर्नुहोस् ।
१. अष्टेलिया २. ब्राजिल ३. चिली ४. नामिबिया
माथि उल्लेखित देश मध्ये कुन कुन देशलाई मकर रेखाले छोएर जान्छ ।
A.१ र २ मात्र B.३ र २ मात्र C.सबै सहि D.१,२ र ४ मात्र
18.निम्नलिखित कथनहरुको बारेमा विचार गर्नुहोस् ।
१.बाझ,फ्लाट वनस्पति लेकाली जंगलमा पाईन्छ ।
२.चिलाउने,कटुसको वनस्पति समशितोष्ण पतझर जंगलमा पाईन्छ ।
३.काई र लेउ बिरुवाहरु टुण्ड्रा वनस्पति वनमा पाईन्छ ।
A. १ र २ मात्र ठिक B.२ मात्र ठिक C.२ र ३ मात्र ठिक D.सबै ठिक
19.भूगोलको ईतिहासमा नयाँ खोजको युगु भनी कुन शताब्दीलाई मानिन्छ ?
A. २१ औ शताब्दी B.२० औ शताब्दी C.१९ औ शताब्दी D.१८ औ शताब्दी
20.नेपालको पहिलो विशेष आर्थिक क्षेत्र (SEZ) कुन जिल्लामा सञ्चालनमा छ ?
A. मोरङ B.पर्सा C.बाँके D.रुपेन्दही
उत्तरः
1. B 11. C
2. D 12. D
3. C 13. C
4. B 14. c
5. A 15. A
6. D 16. B
7. A 17. C
8. D 18. C
9. D 19. D
10. D 20. D
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100