चिसो बढ्यो, , यी प्रदेशमा बर्षा र हिमपातको सम्भावना - Chaitanya News
  • 2026-04-25
  • 14:14:40
  • शनिबार,बैशाख १२, २०८३
  • चिसो बढ्यो, , यी प्रदेशमा बर्षा र हिमपातको सम्भावना

    चिसो बढ्यो, , यी प्रदेशमा बर्षा र हिमपातको सम्भावना

    काठमाडौं-  नेपालमा बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (आइतबार) बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका भू–भागमा हुस्सु-कुहिरो रहेको छ ।

    आज दिउँसो प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

    राति प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

    सोमबार भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    पहाडी भू–भाग हिमपातको तथा तराईमा हुस्सु-कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध छ ।