विकास र समृद्धिको जनताको चाहनालाई सबै मिलेर पूरा गर्नुपर्छ : मन्त्री कार्की - Chaitanya News
  • 2026-05-07
  • 04:22:27
  • बुधबार,बैशाख २३, २०८३
  • विकास र समृद्धिको जनताको चाहनालाई सबै मिलेर पूरा गर्नुपर्छ : मन्त्री कार्की

    विकास र समृद्धिको जनताको चाहनालाई सबै मिलेर पूरा गर्नुपर्छ : मन्त्री कार्की

    काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकास र समृद्धिको जनताको चाहनालाई सबै मिलेर पुरा गर्नुपर्ने बताएका छन्।

    द राइजिङ नेपालको ५७ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मम्न्त्री कार्कीले अव बिलम्व नगरि जनताको विकास र समृद्धिको जनताको चाहनालाइ पुरा गर्नु अहिलेको आवश्यकता भएको बताएका हुन्। उनले संविधानमा उल्लेख प्रेस स्वतन्त्रता लगाएत नागरिकको हकको व्यवस्थालाई पूर्णरुपमा कार्यान्वयन गराउने दक्षिण एसियाकै देश नेपाल भनेर चिनाउनुपर्ने धारणा राखे।

    अहिले संसारभरि नै छापालाई अनलाइन सञ्चारमाध्यमले विस्तारै विस्थापित गर्दै गरेको यथार्थ रहेको उल्लेख गर्दैै नेपालमा अपवाद हुन नसक्ने उनले बताए। कार्कीले गोरखापत्र र राइजिङ नेपाललाई सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छापामाध्यमका रुपमा विकास गर्नुपर्ने पनि बताए।

    कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले सरकारी सञ्चारमाध्यमप्रति आउने नकारात्मक धारणाहरु क्रमश चिर्दे अघि बढ्नुपर्ने बताए।