ट्राफिक नियम उल्लंघन गर्ने ४५६ जनालाई कारबाही,सरकारले उठायो साढे तीन लाख राजस्व - Chaitanya News
  • 2026-06-03
  • 14:59:59
  • बुधबार,जेठ २०, २०८३
  • ट्राफिक नियम उल्लंघन गर्ने ४५६ जनालाई कारबाही,सरकारले उठायो साढे तीन लाख राजस्व

    ट्राफिक नियम उल्लंघन गर्ने ४५६ जनालाई कारबाही,सरकारले उठायो साढे तीन लाख राजस्व

    काठमाडौ– ट्राफिक नियम उल्लंघन गर्ने ४५६ जना कारबाहीमा पर्दा सरकारले साढे तीन लाख राजस्व उठाएको छ। मंसिर महिनामा मात्र ट्राफिक नियम उल्लंघन साढे चार सय जनालाई कारबाही गरिएको यातायत व्यवस्था विभागले जनाएको छ।

    नियम उल्लंघन गरेबापत १ सय १ वटा सवारी दर्ता किताब (ब्लुबुक), र ३५५ वटा लाइसेन्स नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएको सो ब्लुबुक र लाइसेन्स जरिवाना तिरेर सवारीधनीले फिर्ता लिएका थिए। सोही बापत राज्यको राजस्व आम्दानी साढे ३ लाख बढी भएको हो।

    यातायात व्यवस्था विभागले ट्राफिक नियमको पालना भए नभएको नियमित अनुगमन गर्ने व्यवस्था छ। सोहीअनुसार मंसिर महिनाको अनुगमनबाट मात्र ३ लाख ४८ हजार ७ सय ५० रुपैयाँ ट्राफिक नियम उल्लंघन गर्नेबाट जरिवाना उठाएको हो।