मधेशी आयोगले थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाइयो - Chaitanya News
  • 2026-07-19
  • 00:24:49
  • शनिबार,साउन ०२, २०८३
  • मधेशी आयोगले थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाइयो

    मधेशी आयोगले थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाइयो

    काठमाडौं– मधेशी आयोगले थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाएको छ। थारु र मुस्लिम आयोगका अध्यक्षहरुले “हामीलाई मधेशीमा राख्नु गलत कदम हो र छिटो हटाउनुपर्छ” भन्दै ज्ञापनपत्र बुझाएपश्चात् आयोगले मधेशीको सूचीबाट हटाएको हो।

    प्राप्त उजुरी,ज्ञापनपत्र र विज्ञप्तिहरुलाई ध्यानमा राखी गत मंसिर २० गते ७५ औँ बैठकद्वारा आयोगले थारु र मुस्लिमलाई सूचीकृत उपसमूहबाट हटाउने निर्णय भएको छ,विज्ञप्तिमा उल्लेख छ।