‘कुलिङ अफ पिरियड’ छेडखानी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस,यस्तो छ (पूर्णपाठ) - Chaitanya News
  • 2026-05-24
  • 09:02:52
  • आइतबार,जेठ १०, २०८३
  • ‘कुलिङ अफ पिरियड’ छेडखानी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस,यस्तो छ (पूर्णपाठ)

    ‘कुलिङ अफ पिरियड’ छेडखानी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस,यस्तो छ (पूर्णपाठ)

    काठमाडौँ–  ‘सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ।

    सात सदस्यीय उक्त समितिका सभापति जीवन परियारले सोमबार प्रतिनिधि सभाको बैठकमा प्रतिवेदन प्रस्तुत गरेका हुन्।

    असार २३ गते प्रतिनिधिसभा बैठकबाट छानबिन समिति बनेको थियो । समितिलाई पहिला २१ दिन समय दिइएको थियो । पछि ७ दिन थपिएको थियो । त्यो समय साउन १८ गते नै सकिए पनि मंगलबार मात्रै प्रतिवेदन सभामुखलाई बुझाएको थियो ।