सामान्य प्रशासनद्धारा १० इञ्जिनियरको सरुवा (सूचीसहित) - Chaitanya News
  • 2026-07-09
  • 03:54:43
  • बुधबार,आषाढ २४, २०८३
  • सामान्य प्रशासनद्धारा १० इञ्जिनियरको सरुवा (सूचीसहित)

    सामान्य प्रशासनद्धारा १० इञ्जिनियरको सरुवा (सूचीसहित)

    काठमाडौँ– १० जना इञ्जिनियरको सरुवा भएको छ। आज (मंगलबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना इञ्जिनियरको सरुवा गरेको हो।

    जसअनुसार नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह, जनरल उपसमूहअन्तर्गतका राजपत्रांकित तृतीय श्रेणीका इञ्जिनियरहरूको सरुवा गरिएको हो।

    लोक सेवा आयोगको सिफारिसअनुसार अतिरिक्त समूहमा पदस्थापन भएका उनीहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले झापादेखि अछामसम्म विभिन्न जिल्लामा खटाएको हो।