रेशम चौधरीको रिहाइ माग गर्दैनागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता माइतीघर मण्डलमा धर्नामा - Chaitanya News
  • 2026-04-25
  • 14:13:57
  • शनिबार,बैशाख १२, २०८३
  • रेशम चौधरीको रिहाइ माग गर्दैनागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता माइतीघर मण्डलमा धर्नामा

    रेशम चौधरीको रिहाइ माग गर्दैनागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता माइतीघर मण्डलमा धर्नामा

    काठमाडौं– पूर्व सांसद रेशम चौधरीको रिहाइको माग गर्दै नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता काठमाडौंको माइतीघर मण्डलमा धर्नामा बसेका छन्।

    उनीहरूले चौधरीसँगै थरुहट बन्दीलाई रिहाइ गर्न माग गरेका छन्। थरुहट आन्दोलनका क्रममा भएको टीकापुर घटनामा दोषी ठहर गर्दै जिल्ला र उच्च अदालतले चौधरीलाई जेल सजाय सुनाएको थियो। उनी काठमाडौंको डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका छन्।

    उनलाई रिहाइ गर्ने उद्देश्यले सरकारले राष्ट्रपति समक्ष अध्यादेश पठाएको थियो। तर, राष्ट्रपतिबाट जारी भएको छैन। यही सन्दर्भलाई लिएर उन्मुक्ति पार्टीका कार्यकर्ताले माइतीघर मण्डलमा धर्ना दिएका हुन्।