रुपन्देही– तिलोत्तमा नगरपालिकाले तालिममा सहभागि हुनका लागि आवेदन दिन अनुरोध गरेको छ। नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै विउ विषादी बिक्रि अनुमति पत्रका लागि आवेदन दिन अनुरोध गरेको हो।
सूचना अनुसार नगरपालिकाले मानव संशाधन विकास कार्यक्रम अन्तर्गत सो तालिम सञ्चालन गर्न लागेको हो। सो कार्यक्रममा सहभागि हुन चाहने व्यक्ति तथा संस्थाले छनोटका लागि सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन नगरपालिकाले अनुरोध गरेको जनाइएको छ।
तालिममा विउ विक्रेता, मल विक्रेता र कृषि तथा पशु सेवा प्राविधिकले आवश्यक कागजातसहित सहभागि हुन सक्ने सूचनामा उल्लेख गरिएको छ।