सरकारद्धारा चार जना सहसचिवको सरुवा - Chaitanya News
  • 2026-08-27
  • 10:29:11
  • बिहिबार,भाद्र ११, २०८३
  • सरकारद्धारा चार जना सहसचिवको सरुवा

    सरकारद्धारा चार जना सहसचिवको सरुवा

    काठमाडौँ– चार जना सहसचिवको सरुवा भएको छ । सरकारले चार जना सहसचिवको सरुवा गरेको हो ।

    आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत चार जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।

    जसअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेललाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यकारी निर्देशकमा पठाइएको छ। आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थराज चिलुवाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ। ,

    यस्तै, गृह मन्त्रालयअन्तर्गत डोटी जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङलाई आदिवासी जनजाति आयोगको सचिवमा नियुक्त गरिएको । कोशी प्रदेश योजना आयोगका प्रदेश सचिव मिमांश अधिकारीलाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ।