भारतको बिहारमा विषाक्त रक्सी सेवनका कारण २६ जनाको मृत्यु, २० गम्भीर - Chaitanya News
  • 2026-06-04
  • 00:20:40
  • बुधबार,जेठ २०, २०८३
  • भारतको बिहारमा विषाक्त रक्सी सेवनका कारण २६ जनाको मृत्यु, २० गम्भीर

    भारतको बिहारमा विषाक्त रक्सी सेवनका कारण २६ जनाको मृत्यु, २० गम्भीर

    काठमाडौं –  भारतको बिहार राज्यको छपरा जिल्लामा विषाक्त मदिरा सेवनका कारण कम्तिमा २६ जनाको मृत्यु भएको छ।

    विषाक्त मदिरा सेवनबाट बिरामी परेका ९ जनाको छपराकै स्थानीय अस्पतालमा र ११ जनाको पटनामा उपचार भइरहेको भारतिय संचार माध्यामहरुले जनाएका छन्।

    ज्यान गुमाउनेहरुको संख्या अझै बढ्न सक्ने बताइएको छ। बिहार सरकारले राज्यमा मदिरामा प्रतिबन्ध लगाएको भए पनि केही मानिसहरु लुकीछिपी मदिरा सेवन गर्ने गर्छन्।