प्रधानसेनापति प्रभुराम शर्मा र इजरायलका राजदूत हनान गोल्डबर्गरबीच भेटवार्ता - Chaitanya News
  • 2026-10-16
  • 12:41:38
  • शुक्रबार,आश्विन ३०, २०८३
  • प्रधानसेनापति प्रभुराम शर्मा र इजरायलका राजदूत हनान गोल्डबर्गरबीच भेटवार्ता

    प्रधानसेनापति प्रभुराम शर्मा र इजरायलका राजदूत हनान गोल्डबर्गरबीच भेटवार्ता

    काठमाडौं–प्रधानसेनापति प्रभुराम शर्मा र ईजरायलका राजदूत हनान गोडर गोल्डबर्गरबीच भेटवार्ता भएको छ।

    शर्मासँग भेट गर्न राजदूत गोल्डबर्गर सैनिक मुख्यालय जङ्गी अड्डा पुगेका थिए।

    भेटवार्ताका क्रममा प्रधानसेनापति शर्मा र राजदूत गोल्डबर्गरबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।