चिनियाँ र गणतन्त्र कोरियाका विदेशमन्त्रीबीच भिडियो लिंकमार्फत वार्ता - Chaitanya News
  • 2026-05-07
  • 02:30:09
  • बुधबार,बैशाख २३, २०८३
  • चिनियाँ र गणतन्त्र कोरियाका विदेशमन्त्रीबीच भिडियो लिंकमार्फत वार्ता

    चिनियाँ र गणतन्त्र कोरियाका विदेशमन्त्रीबीच भिडियो लिंकमार्फत वार्ता

    बेइजिङ– चिनियाँ र गणतन्त्र कोरियाका विदेशमन्त्रीबीच भिडियो लिंकमार्फत वार्ता भएको छ। उनिहरुका बीचमा सोमबार वार्ता भएको हो। चिनियाँ विदेशमन्त्री वाङ् यी र गणतन्त्र कोरियाका विदेशमन्त्री पार्क जिनका बीचमा सोमबार इन्डोनेसियाको बालीमा यस्तो वार्ता भएको हो।

    सो वार्ताका क्रममा उहाँहरुबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ। त्यस वार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङ्ले चीन गणतन्त्र कोरियासँग सम्बन्ध विस्तारका लागि इच्छुक रहेको र आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै लैजान तयार रहेको बताएका थिए।

    हाल दुई देशबीचको सम्बन्ध राम्रो रहेको भन्दै चिनियाँ विदेशमन्त्री वाङ् आर्थिक र व्यापारिक क्षेत्रमा साझा हित र फाइदाका लागि चीनले गणतन्त्र कोरियासँग अघि बढ्न चाहेको बताएका थिए।

    उता गणतन्त्र कोरियाका विदेशमन्त्री पार्कले पनि चीनसँग लगानी प्रवर्धनका साथै कूटनीतिक क्षेत्रका साझा हितका विषयमा आफ्नो देश मिलेर अघि बढ्न चाहेको बताएका थिए। रासस