रेशम चौधरी रिहा गर्न सरकारले अध्यादेश ल्याउन लागेको भन्दै, एमाले निकट अनेरास्ववियुको विरोध प्रदर्शन - Chaitanya News
  • 2026-04-24
  • 07:26:14
  • शुक्रबार,बैशाख ११, २०८३
  • रेशम चौधरी रिहा गर्न सरकारले अध्यादेश ल्याउन लागेको भन्दै, एमाले निकट अनेरास्ववियुको विरोध प्रदर्शन

    रेशम चौधरी रिहा गर्न सरकारले अध्यादेश ल्याउन लागेको भन्दै, एमाले निकट अनेरास्ववियुको विरोध प्रदर्शन

    काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई रिहा गर्न सरकारले अध्यादेश ल्याउन लागेको भन्दै नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो।

    प्रदर्शनमा सहभागी विद्यार्थीहरुले राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण गर्न बन्द गर्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

    घण्टाघर अगाडि आयोजित कोणसभामा बोल्नेहरुले अपराधीहरुलाई छुटाउन अध्यादेशको सहारा लिन खोजेको भन्दै सरकारको आलोचना गरे। उनीहरुले रेशम चौधरीको बहानामा कांग्रेस नेता मोहम्मद अफ्ताव आलमलाई छुटाउन खोजिएको आशंकासमेत गरे।