जाजरकोट– जाजरकोटमा जिप दुर्घटना हुँदा नौ जनाको घटनास्थलमै मृत्यु भएको छ। तीन जना घाइते भएका छन्। जिल्लाको छेडागाड नगरपालिका –४ र ५ को दशेरादेखि वडावन जाँदै गरेको अवस्थामा भिरपाटी नजिक ०२–००१ च ४२९ नम्वरको बोलेरो जिप दुर्घटना भएको हो।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जनकुमार न्यौपानेले जिप दुर्घटनामा परेको खबरलगत्तै प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको बताए। हालसम्म नौ जनाको मृत्यू भएको र ३ जना घाइते भएको खवर आएको उनले जानकारी दिए।
घटनाको विस्तृत विवरण आउन अझै केही समय लाग्ने उनको भनाइ छ। मृतकहरु कुनैको पनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।