रोमको एक क्याफेमा गोली चल्दा नयाँ प्रधानमन्त्रीकी साथीसहित तीन महिलाको मृत्यु, चार जना घाइते - Chaitanya News
  • 2026-04-24
  • 05:23:40
  • बिहिबार,बैशाख १०, २०८३
  • रोमको एक क्याफेमा गोली चल्दा नयाँ प्रधानमन्त्रीकी साथीसहित तीन महिलाको मृत्यु, चार जना घाइते

    रोमको एक क्याफेमा गोली चल्दा नयाँ प्रधानमन्त्रीकी साथीसहित तीन महिलाको मृत्यु, चार जना घाइते

    काठमाडौं– रोमको एक क्याफेमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा इटालीकी नयाँ प्रधानमन्त्रीकी साथीसहित तीन महिलाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। स्थानीयबासीको एउटा समितिको बैठकमा गोली चलेको थियो।

    रोमका मेयर रोबर्टो ग्वाल्टेरीले गोलीबारीलाई ‘हिंसाको गम्भीर घटना’ भन्दै सोमबार आपतकालीन बैठकमा भाग लिने बताए। ५७ वर्षीय एक संदिग्ध हिरासतमा छन्। समाचारअनुसार समितिका केही सदस्यसँग उनको विवादको इतिहास छ।

    बन्दुकधारीले आफ्नो पेस्तोल प्रयोग गर्नु अघि “म तिमीलाई सबै मार्नेछु“ भनेर चिच्याएका थिए। घाइतेमध्ये दुई महिला र दुई पुरुष रहेको अनुमान गरिएको छ भने एकको अवस्था गम्भीर छ।

    प्रधानमन्त्री जर्जिया मेलोनीले मारिएका एक महिलालाई आफ्नी साथी निकोलेटा गोलिसानो भएको बताएकी छिन्। अन्य मृतक महिलाको नाम एलिसाबेटा सिलेन्जी र सबिना स्पेरन्डियो रहेको छ। एक फेसबुक पोस्टमा प्रधानमन्त्री मेलोनीले गोलिसानोको परिवारलाई समवेदना व्यक्त गरेकी छिन् । अफ्नो साथी ‘सुन्दर र खुशी’ भएकोमा सधैं सम्झने उनले बताएकी छिन्। एजेन्सी