९२ किलो गाँजासहित तीन जना पक्राउ - Chaitanya News
  • 2026-06-03
  • 09:52:26
  • बुधबार,जेठ २०, २०८३
  • ९२ किलो गाँजासहित तीन जना पक्राउ

    ९२ किलो गाँजासहित तीन जना पक्राउ

    सिराहा – सिराहा प्रहरीले जिल्लाको उत्तरवर्ती धनगढीमाई नगरपालिका– १२ कुसमाहा खुट्टीखोलाक्षेत्रबाट प्रतिबन्धित गाँजासहित तीनजनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा सिराहा भगवानपुर गाउँपालिका– ४ का ४४ वर्षीय शिवनाथ मण्डल, ५५ वर्षीय बेचु मण्डल र सप्तरीको बोदेबर्साइन नगरपालिका– ९ का ४८ वर्षीय रामकुमार साह छन्।

    सिराहा प्रहरीका अनुसार उनीहरूले चारवटा प्लाष्टिकको बोरामा प्याक गरिएको ९२ किलो गाँजा बोकेर उत्तरबाट दक्षिणतिर आउँदै थिए।

    पक्राउ परेकाहरूविरुद्ध प्रहरीले लागूऔषध मुद्दामा सिराहा जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको सिरहा प्रहरीका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए।

    इलाका प्र्रहरी कार्यालय लाहान र विष्णुपुरकट्टीको संयुक्त टोलीले चार दिनअघि पनि गाँजासहित तीनजनालाई पक्राउ गरेको थियो।