काठमाडौं– सर्वोच्चलाई मंसीर २५ गते पत्र लेख्दै महासचिव गौतमले भनेका छन्,सर्वोच्च अदालतको पूर्ण बैठकको मंसीर २१ को निर्णयअनुसार सोधिएका विषयहरूको जानकारी पनि अन्तरिम आदेशको लिखित जवाफको क्रममा समावेश हुने बेहोरा पूर्ण बैठक समक्ष सादर अनुरोध गर्दछु।”
झण्डै १० महीना पहिले सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्धको महाअभियोग प्रस्ताव टुङ्गो नलगाई प्रतिनिधि सभाको कार्यकाल सकिएको थियो। महाअभियोग प्रस्तावको अवस्थाबारे जबराले संघीय संसद् सचिवालयलाई पत्र लेखेका थिए। त्यो पत्रको जवाफमा महासचिव गौतमले महाअभियोग प्रस्ताव निष्क्रिय रहेको पत्र पठाएका थिए।
त्यसपछि सर्वोच्चको पूर्ण बैठकले महाअभियोग प्रस्ताव सम्बन्धी पत्रबारे महासचिवसँग पाँच वटा प्रश्न सोधेको थियो।
उनको पत्रका विषयमा सर्वोच्चमा पनि रिट परेको थियो। त्यसमाथि सुनुवाइ गर्दै संवैधानिक इजलाशले मंसीर २३ गते महासचिवको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चको पूर्ण बैठकले सोधेको त्यही प्रश्नको जवाफ गौतमले संवैधानिक इजलाशमै पठाउने जानकारी सर्वोच्च अदालतलाई दिएका हुन्।
![]()