आफ्नी छोरीसहित २० जना महिलासँग विवाह गरेको आरोपमा इसाइ धर्मगुरु पक्राउ - Chaitanya News
  • 2026-04-24
  • 01:07:30
  • बिहिबार,बैशाख १०, २०८३
  • आफ्नी छोरीसहित २० जना महिलासँग विवाह गरेको आरोपमा इसाइ धर्मगुरु पक्राउ

    आफ्नी छोरीसहित २० जना महिलासँग विवाह गरेको आरोपमा इसाइ धर्मगुरु पक्राउ

    काठमाडौं– एक धार्मिक नेतामाथि २० जना महिलासँग विवाह गरेको आरोप लागेको छ। उनले ९ वर्षको उमेरका साना बालिकाहरूसँग पनि विवाह गरे। सबैभन्दा अचम्मको कुरा त के छ भने उनले आफ्नी छोरीसँग पनि बिहे गरेका थिए। यो खुलासा अमेरिकी गुप्तचर तथा सुरक्षा सेवा एफबीआईको दस्तावेजबाट आएको हो।

    घटना अमेरिकाको एरिजोनाको हो। ४६ वर्षीय स्यामुएल रापिले बेटम्यान धार्मिक समूहका नेता थिए। यसलाई लेटर(डे सेन्ट्सको जेसस क्राइस्टको फन्डामेन्टलिस्ट चर्च भनेर चिनिन्छ। यो समूहले एकभन्दा बढी विवाह स्वीकार गर्छ।

    सन् २०१९ मा, जब ५० जना यो समूहमा सामेल भए, बेटम्यानले आफूलाई धार्मिक नेता भएको दाबी गर्न थाले। यसपछि उनले आफ्नी किशोरी छोरीसँग बिहे गरेको घोषणा गरे।

    एफबीआईले बेटम्यानलाई एकपछि अर्को आरोप लगायो। उनले २० किशोरीसँग विवाह गरेको दाबी गरिएको छ। तीमध्ये अधिकांश किशोरी १५ वर्षभन्दा कम उमेरका छन्। बेटम्यानमाथि श्रीमतीहरूलाई सामूहिक यौनसम्बन्ध र बाल यौन दुराचार गरेको आरोप पनि लगाइएको छ।

    साल्ट लेक ट्रिब्यूनको रिपोर्टमा भनिएको छ कि एक पटक बेटम्यानले आफ्ना तीन पुरुष अनुयायीहरूलाई छोरीहरूसँग सम्बन्ध राख्न आदेश पनि दिएका थिए। यी मध्ये एक केटी मात्र १२ वर्षकी थिइन्। केटीहरूले भगवानको लागि बलिदान दिएको उनले बताए।

    बेटम्यानको पतन यस वर्षको सेप्टेम्बरबाट सुरु भएको थियो। जब उनी पहिलो पटक ट्रेलरबाट नाबालिग केटीहरू लिएर राज्यको सीमा पार गर्दै गर्दा स्थानीय प्रहरीले समातेका थिए। त्यसपछि उनी पक्राउ परे र उनीविरुद्ध बाल दुराचारको मुद्दा सुरु भयो। तर उनले जमानतको लागि निवेदन दिए र उनी जेलबाट बाहिर आए।

    तर, बेटम्यान फेरि पक्राउ परे। उनीमाथि अभिलेख नष्ट गरेको आरोप लागेको थियो। यसबाहेक उनले महिला र युवतीलाई राहदानी बनाउन आग्रह गरेका थिए। यस घटनापछि एफबीआईले बेटम्यानका दुई घरमा छापा मारेर ९ युवतीलाई सुरक्षित हिरासतमा लिएको थियो।

    अमेरिकी मजिस्ट्रेट न्यायाधीश क्यामिल बाइबलले अदालतमा मुद्दाको सुनुवाइ नभएसम्म बेटम्यानलाई जेलमा राख्न आदेश दिएका छन्।