सर्लाहीमा प्रचण्डले गरे दुवै पक्षका नेताहरूलाई बोलाएर अन्तर्घातबारे छलफल - Chaitanya News
  • 2026-05-05
  • 17:55:56
  • मंगलबार,बैशाख २२, २०८३
  • सर्लाहीमा प्रचण्डले गरे दुवै पक्षका नेताहरूलाई बोलाएर अन्तर्घातबारे छलफल

    सर्लाहीमा प्रचण्डले गरे दुवै पक्षका नेताहरूलाई बोलाएर अन्तर्घातबारे छलफल

    काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्लाहीमा भएको अन्तर्घातका विषयमा दुवै पक्षसँग छलफल गरेका छन्। बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुवै पक्षका नेताहरूलाई बोलाएर चुनावमा भएको अन्तर्घातका विषयमा चासो राख्दै प्रचण्डले छलफल गरेका हुन्।

    अध्यक्ष प्रचण्डले पार्टी पोलिटब्युरो सदस्य रामेश्वर राययादव,अच्युतम काफ्ले, प्रदेश इन्चार्ज गणेश साह, हरिवन, बाग्मती, बरहथवा नगरपालिका कमिटीका नेता लगायत जिल्ला कमिटीमा भएका नेतासँग छलफल गरेका हुन्। ‘सिएमले दुवै पक्षको कुरा सुन्नुभयो। यो विषयमा उजुरी दर्ज भयो। पार्टी केन्द्रीय समिति र स्थायी समितिमा छलफल हुन्छ भन्नुभयो’ मधेस प्रदेशका इन्चार्ज गणेश साहले भने, ‘त्यसपछि दोषी भएको नभएको सबै खुल्छ। अहिले नै केही भन्न मिल्दैन। यो अन्तर्घातको विषय यथावत रहन्छ भन्नुभएको छ।’ तर, पार्टी पोलिटब्युरो सदस्य रामेश्वर राय यादवले प्रचण्डले पार्टीमा अन्तर्घात गर्नेहरूको विषयमा कमिटी बनाएर छानबिन गर्ने घोषणा गरेको बताए। तर, आफू भने दोषी नभएको छलफलबाट खुलेको यादवले बताए।

    ‘मेरो विरुद्ध उजुरी हाल्नेको कुरा सन्नुभयो । मेरो कुरा सुन्नुभयो’ यादवले भने, ‘दुवै पक्षको कुरा सुनेपछि केही रहेनछ। तपाईँले त्यस्तो कुनै अन्तर्घात गर्नु भएको रहेनछ भन्नुभयो ’ पार्टी अध्यक्षले समेत छलफल गर्दा अन्तर्घात नगरेको पुष्टि भएकाले निर्दोष भएको यादवको दावी छ।

    यादवले सर्लाही ३ का माओवादी उम्मेदवार नरेन्द्र कलवार साहलाई अन्तर्घात गरेको भन्दै सर्लाहीका चार स्थानीय तहका कमिटीले सिफारिस गरेका छन्। पार्टीका आधिकारिक उम्मेदवार नरेन्द्र कलवार साहलाई भोट नमागेर एमालेका उम्मेदवार हरिप्रसाद उप्रेतीलाई भोट मागेको भन्दै उजुरी परेको छ। यस्तै सर्लाही जिल्ला इन्चार्ज काफ्ले समेत अन्तर्घात गरेको भन्दै चार स्थानीय तह कमिटीले कारबाहीको सिफारिस गरेका छन्।