आज बसन्तपुरमा यसरी मनाइयो नेवारी संस्कृति संरक्षणका लागि ज्यापु दिवस - Chaitanya News
  • 2026-07-18
  • 11:58:46
  • शनिबार,साउन ०२, २०८३
  • आज बसन्तपुरमा यसरी मनाइयो नेवारी संस्कृति संरक्षणका लागि ज्यापु दिवस

    आज बसन्तपुरमा यसरी मनाइयो नेवारी संस्कृति संरक्षणका लागि ज्यापु दिवस

    काठमाडौं– नेवारी संस्कृति संरक्षणका लागि आज राजधानीको वसन्तपुरमा र्‍याली निकालिएको छ। हाकु पटासीमा सझिएका महिलाहरु विभिन्न परम्परागत बाजा बजाउँदै सहरका विभिन्न गल्ली परिक्रमा गरेका छन्।

    हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउन व्यस्त छन्। काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले बुधबार धुमधामका साथ यःमरी पुन्ही पर्व मनाइरहेका छन्। चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भनिन्छ।

    सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गरिएको हो। ज्यापु समुदायले यो दिनलाई ज्यापु दिवसको रूपमा समेत मनाउँदै आएका छन्।

    आज सोही पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक विदा समेत दिएको छ।