गुणस्तरयुक्त पूर्वाधार निर्माणमा जोड दिन शहरी मन्त्री मेटमणि चौधरीको निर्देशन - Chaitanya News
  • 2026-05-05
  • 17:55:57
  • मंगलबार,बैशाख २२, २०८३
  • गुणस्तरयुक्त पूर्वाधार निर्माणमा जोड दिन शहरी मन्त्री मेटमणि चौधरीको निर्देशन

    गुणस्तरयुक्त पूर्वाधार निर्माणमा जोड दिन शहरी मन्त्री मेटमणि चौधरीको निर्देशन

    काठमाडौं– शहरी विकासमन्त्री मेटमणि चौधरीले भौतिक निर्माणका क्षेत्रमा रहेका चुनौतीहरुको सामना गर्न जरुरी रहेको बताएका छन्। त्यसकालागि गुणस्तरयुक्त निर्माणमा जोड दिन उनले मातहतका निकायका प्रतिनिधिलाई निर्देशन दिए।

    नेपाल निर्माण व्यवसायी महासंघले १५ औं निर्माण दिवसका अवसरमा विहीबार यहाँ गरेको प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। मन्त्री चौधरीले भौतिक निर्माणका क्षेत्रमा धेरै चुनौतीहरु रहेको भन्दै त्यसलाई सरकार र निजी क्षेत्रहरु मिलेर सम्बोधन गर्न आवश्यक रहेको बताए।

    भौतिक निर्माणका कामहरु गुणस्तर नहुने र समयमा नसकिने समस्याले आम जनताले दुःख पाइरहेको उनले बताए । जनतालाई सहज सेवा दिन निर्माणका कामहरु समयमै र गुणस्तरयुक्त बनाउन उनले निर्देशन दिए।

    भौतिक निर्माणका लागि आवश्यक रकम उपलब्ध गराउने बारेमा सरकारले ध्यान दिने उनले बताए। सरकार र निर्माण व्यवसायीहरुको सहकार्यबिना भौतिक निर्माणका पूर्वाधारहरु निर्माण हुन नसक्ने उनले बताए।