चितवन– कोरोना भाइरस (कोभिड–१९) महामारीले शून्य जस्तै बनेको चितवनमा पछिल्लो महिना देखि पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ। बितेको एक महिनामा कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएको तथ्याङ्क छ।
अध्यागमन विभागका अनुसार गएको नोभेम्बर महिनामा मात्रै नेपालमा ७२ हजार ६५३ जना पर्यटक नेपाल भित्रिएका छन्। यो सङ्ख्या गत वर्ष नोभेम्बर भन्दा तीन गुणा बढी हो। यो वेला २६ हजार १३५ जना पर्यटक नेपाल आएका थिए । यसरी नेपाल घुम्न आउने पर्यटकको तेस्रो गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज हो। हरेक वर्ष डेढ लाखका हाराहारीमा पर्यटकले चितवन निकुञ्ज अवलोकन गरेका छन्।
हात्ती माथि बसेर बाघ गैँडा हेर्ने गरी निकुञ्ज घुम्न आउने पर्यटकहरूको पहिलो रोजाई चितवनको सौराहा पर्दछ। यहाँ हात्ती सफारी, ढुङ्गा सफारी, जिप सफारी, जङ्गल सफारी, थारु संस्कृति लगायतका सौराहाका आकर्षण हुन्। अझै राप्ती नदी किनारमा बसेर साँझ सूर्यास्त अवलोकन कालागि यो क्षेत्र विश्वमै ख्याति प्राप्त छ