दलहरूले विकल्प दिएको खण्डमा सरकारको नेतृत्व लिन राप्रपा तयार छ : मोहन श्रेष्ठ - Chaitanya News
  • 2026-04-27
  • 23:41:22
  • सोमबार,बैशाख १४, २०८३
  • दलहरूले विकल्प दिएको खण्डमा सरकारको नेतृत्व लिन राप्रपा तयार छ : मोहन श्रेष्ठ

    दलहरूले विकल्प दिएको खण्डमा सरकारको नेतृत्व लिन राप्रपा तयार छ : मोहन श्रेष्ठ

    काठमाडौं– राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सरकारको नेतृत्व लिन पार्टी तयार रहेको बताएका छन्। राप्रपालाई आएको मत पनि नेतृत्व परिवर्तनको पक्षमै भएको दाबी गर्दै उनले दलहरूले विकल्प दिएको खण्डमा पार्टी सरकारको नेतृत्व लिन तयार भएको बताए।

    श्रेष्ठले भने, ‘सरकारै बन्न सकेन भने त माओवादीको विभिन्न विकल्पमध्ये राप्रपाको नेतृत्वमा सरकार बनाउने पनि एउटा विकल्प नै हो। अहिले राप्रपालाई आएको परिवर्तनको मत हो। यद्यपि ठूलो शक्तिको रुपमा चाहिँ आउन सकेन। तर, देशकै नेतृत्व परिवर्तनको मतचाहिँ हो।’

    उनले राप्रपाले सत्ता केन्द्रित राजनीति नगरेपनि नेतृत्वको कुरा आउँदा पार्टीभित्र स्वाभाविक रुपमा छलफल गर्न सकिने बताए। उनले सत्ता गठबन्धनको एक घटक माओवादी केन्द्रले नयाँ सरकार बनाउन सबै विकल्प खुला राख्ने भन्नुको अर्थ राप्रपालाई सरकारको नेतृत्वका लागि प्रस्ताव गर्ने पनि हुने धारणा राखे।

    माओवादीको विकल्पका रुपमा सरकार बनाउन कांग्रेस वा एमालेसँग मिल्न, सरकारको नेतृत्वमा आफैँ अघि बढ्ने, राप्रपालाई प्रस्ताव गर्ने, कांग्रेस, एमाले बाहेक अरु जो कोहीलाई समर्थन गर्ने र प्रतिपक्षमा बस्ने बाहेक अरु केही हुन नसक्ने उनको भनाइ छ।