१२ करोडको शेयर धितो कर्जा सीमा खारेज गर्न नेपाल इन्भेष्टर्स फोरमको माग - Chaitanya News
  • 2026-04-18
  • 23:32:11
  • शनिबार,बैशाख ०५, २०८३
  • १२ करोडको शेयर धितो कर्जा सीमा खारेज गर्न नेपाल इन्भेष्टर्स फोरमको माग

    १२ करोडको शेयर धितो कर्जा सीमा खारेज गर्न नेपाल इन्भेष्टर्स फोरमको माग

    कर्जा खबर।

    नेपाल इन्भेष्टर्स फोरमले शेयर धितो कर्जामा १२ करोडको सीमा तत्काल खारेज गर्न माग गरेको छ । अर्थमन्त्रीलाई ध्यानकर्षण गराउँदै फोरमले शेयर धितो कर्जाको सीमा खारेज गर्न माग गरेको हो ।

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति र एकीकृत निर्देशिकाले शेयर धितो कर्जाको सीमालाई १२ करोड रुपैयाँ सिमित गरेको छ । उक्त १२ करोड रुपैयाँ पनि ३ वटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँको दरले मात्रै लिन पाउने व्यवस्था गरेको छ ।

    यस्तो व्यवस्थाले गर्दा लगानीकर्ताहरुले शेयर बिक्री गरी ऋण चुक्ता गर्दा शेयर बजारमा प्रत्यक्ष दबाब सिर्जना भई विगत धेरै दिनदेखि शेयर बजारमा निरन्तर रुपमा गिरावट आएको जनाएको छ ।

    यस्तै राष्ट्र बैंकले शेयर धितो कर्जा सम्बन्धी विभेदकारी तथा अव्यवहारिक नीतिका कारण शेयर बजारलाई जोगाउन र लगानीकर्ताका लागि लगानीको वातावरण बनाउन एकिकृत निर्देशिकाले व्यवस्था गरेको १२ करोड ऋणको सीमा तत्काल खारेज गर्न अर्थमन्त्री समक्ष आग्रह गरेको छ ।