काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले वर्तमान पार्टीका नेतृत्वबाट अहिलेका चुनौतीहरुको समाधान नहुने बताएका छन्। उनले अहिलेको समस्याको समाधानका लागि युवाहरु नेतृत्वमा आउनु पर्ने बताएका छन्।
गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भण्डारीले गुल्मीको सदरमुकाम तम्घासमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन्।
‘वर्तमान समस्यालाई समाधान गर्न युवाहरु नेतृत्वमा आउनु पर्ने हुन्छ,’ उनले भनेका छन्, ‘अबको सरकार कसले नेतृत्व गर्ने भन्ने विषयमा पार्टीभित्र र गठबन्धनभित्र रहेर सहमति गरिने छ।’