अर्थतन्त्र सङ्कटमा छैन, निजी क्षेत्रको सहकार्य आवश्यक छ : अर्थमन्त्री शर्मा - Chaitanya News
  • 2026-04-23
  • 08:14:47
  • बिहिबार,बैशाख १०, २०८३
  • अर्थतन्त्र सङ्कटमा छैन, निजी क्षेत्रको सहकार्य आवश्यक छ : अर्थमन्त्री शर्मा

    अर्थतन्त्र सङ्कटमा छैन, निजी क्षेत्रको सहकार्य आवश्यक छ : अर्थमन्त्री शर्मा

    काठमाडौँ –  अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको बताएका छन् ।

    नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले अर्थतन्त्रमा सङ्कट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताए ।

    ‘अर्थतन्त्र सङ्कटमा छ भन्नु बुझाइमा कमजोरी हो’, उनले भने, ‘यद्यपि केही चुनौती छन् त्यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा समस्या समाधान गर्नुपर्छ ।’

    अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकाङ्क राम्रो हुँदै गएको स्पष्ट पारे । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्र सुधार भइरहेको उनको भनाइ छ ।

    ‘हाम्रो मिश्रित अर्थतन्त्र भएकाले एकैपटक सङ्कटमा पुग्ने र उचाइमा पुग्ने हुँदैन’, उनले भने, ‘ ने पनि चुनौती छन् त्यसका लागि निजी क्षेत्रको सहकार्य आवश्यक छ ।’