काँग्रेसमा बागी उम्मेदवारी दिएर सांसद बनेका अमरेशकुमार सिंह फेरि प्रचण्ड भेट्न पुगे - Chaitanya News
  • 2026-06-16
  • 20:47:57
  • मंगलबार,आषाढ ०२, २०८३
  • काँग्रेसमा बागी उम्मेदवारी दिएर सांसद बनेका अमरेशकुमार सिंह फेरि प्रचण्ड भेट्न पुगे

    काँग्रेसमा बागी उम्मेदवारी दिएर सांसद बनेका अमरेशकुमार सिंह फेरि प्रचण्ड भेट्न पुगे

    काठमाडौं– काँग्रेसमा बागी उम्मेदवारी दिएर सांसद बनेका अमरेशकुमार सिंह फेरि नेताहरुको घर धाउन थालेका छन्। चुनावअघि प्रायः पुगिरहने खुमलटारमा उनी आज पनि गएका हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा सिंह बिहान ११ बजेको समयमा पुगेको बताइन्छ। उनले झण्डै पौने घण्टा अध्यक्ष प्रचण्डसँग बातचित गरेको स्रोतको दाबी छ।

    विगतमा आफूलाई भारतीय संस्थापन पक्षको रुपमा परिचित गराउँदै आएका सिंहलाई यस पटक नेपाली काँग्रेसले सांसदको टिकट दिएको थिएन। तर उनी सर्लाही ४ बाट बागी उम्मेदवार उठेर विजयी भएका हुन्।

    यसअघि आजै खुमलटारमा बिहान ऊर्जामन्त्री तथा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल पनि पुग्नुभएको बताइन्छ। उनले अध्यक्षसँग बिहान ८ बजेको समयमा झण्डै आधा घण्टा बातचित गरे।