तीन दिनको निरन्तर गिरावट पछि, साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा केही सुधार - Chaitanya News
  • 2026-04-18
  • 23:41:59
  • शनिबार,बैशाख ०५, २०८३
  • तीन दिनको निरन्तर गिरावट पछि, साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा केही सुधार

    तीन दिनको निरन्तर गिरावट पछि, साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा केही सुधार

    कर्जा खबर।

    साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा केही सुधार देखिएको छ। पछिल्ला तीन कारोबार दिनमा निरन्तर ओरालो लागेको नेप्से, यस दिन भने बढेको हो।

    बिहीबार नेप्से परिसूचक १७.५७ अंक बढेर ३०९४.०१ विन्दुमा पुगेको छ। यस अघिका ३ कारोबार दिनमा नेप्सेले कुला १२२.६९ अंक गुमाएको थियो। यस दिन सेन्सेटिभ इण्डेक्स ३.४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३२ अंक बढेको छ।

    यस दिन २३२ कम्पनीको १ लाख ३० हजार ९३८ पटकको कारोबारमा १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार रुपैयाँ बराबरको २ करोड १६ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    यस दिन लगानीकर्ताहरु विकास बैंक, जलविद्युत र फाइनान्स कम्पनीहरुमा आकर्षित भएका देखिन्छन्। फलस्वरुप जलविद्युत उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.८३ प्रतिशत बढेको छ भने विकास बैंकको ४.२२ प्रतिशत र वित्तको ३.८२ प्रतिशत बढेको छ। यस दिन १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९३ करोड ८४ लाख ४० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण काबेलीको ४५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

    बिहीबार ८ कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने ७ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन अरुण भ्याली हाइड्रोपावर, आँखुखोला जलविद्युत, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स, घलेम्दी हाइड्रो र जीवन विकास लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको हो।