समानुपातिकतर्फ मधेस प्रदेशमा कांग्रेस अगाडि - Chaitanya News
  • 2026-04-27
  • 14:48:15
  • सोमबार,बैशाख १४, २०८३
  • समानुपातिकतर्फ मधेस प्रदेशमा कांग्रेस अगाडि

    समानुपातिकतर्फ मधेस प्रदेशमा कांग्रेस अगाडि

    काठमाडौं– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतरिणाम आउनेक्रम जारी छ। प्रत्यक्ष तथा समानुपातिकतर्फको मंगलबार १ः५० बजेसम्मको मतगणनामा प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि छ। समानुपातिकतर्फ भने नेकपा एमालेको अग्रता कायम छ।

    सातवटा प्रदेशमध्ये ६ वटामा समानुपातिकतर्फ एमाले अगाडि रहेकोमा मधेस प्रदेशमा भने कांग्रेस अगाडि छ। १८ लाख ४६ हजार १६ मतगणना हुँदा नेपाली कांग्रेसको पक्षमा ३ लाख ५९ हजार ३२८ मत खसेको छ।

    दोस्रो स्थानमा नेकपा एमाले छ। एमालेले ३ लाख २२ हजार ८३४ मत पाएको छ।

    यो प्रदेशमा जनमत पार्टी तेस्रो स्थानमा छ। जनमत पार्टीका पक्षमा २ लाख ६७ हजार २४७ मत खसेको छ। जनता समाजवादी पार्टी नेपालले २ लाख ६२ हजार ८१५ मत पाएको छ।