जनहितका लागि सदैव काम गर्ने छु : पूर्व कानूनीमन्त्री श्रेष्ठ - Chaitanya News
  • 2026-04-27
  • 14:46:47
  • सोमबार,बैशाख १४, २०८३
  • जनहितका लागि सदैव काम गर्ने छु : पूर्व कानूनीमन्त्री श्रेष्ठ

    जनहितका लागि सदैव काम गर्ने छु : पूर्व कानूनीमन्त्री श्रेष्ठ

    सिरहा– प्रादेशिक अस्पताल सिरहाको चौतर्फी विकासका लागि सहजीकरण गर्न प्रतिबद्ध रहेको पूर्व कानूनमन्त्री तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठले बताए। सिरहा क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको अवसरमा प्रादेशिकअस्पताल सिरहाले आयोयजना स्वागत तथा बधाई कार्यक्रममा त्यस्तो कुरा बताएका छन्।

    ‘पार्टीले टिकट दियो र जनताले चुनाव जिताए। जनताको जित भएका छन्। जनहितका लागि सदैव काम गर्ने छु,’उनले भने,‘मलाईपहिला पनि जनताले निर्वाचित गरेको थियो। चुनाव परिणाम पछि विकासको सवालमा पार्टी र व्यक्तिगते हित भन्दा माथि उठेर विगतमाकाम गरेको छु र फेरि पनि अनुरुप काम गर्नेछु।’

    जनताकै हितमा काम गर्न राजनीतिकमा आएको बताउदै मानव विकासको मुलथलो शिक्षा रहीआएको हुँदा सिरहा सदरमुकाममा रहेकोसुर्यनारायण सत्यनारायण यादव बहुमुखी क्याम्पसको जीर्णोद्वार हुने गरी विषेश प्रकारका योजनाहरु बनाई प्रभावकारी कार्यान्वयनगराउने सोच बनाएको उनले बताए। उनका अनुसार झिनामसिना कुरालाई इगोको रुपमा लिएर क्याम्पसमा तालाबन्दी गर्ने परिपाटीकोअन्त्य गरी सुलभ तरिकाले शिक्षा आर्जन गर्न सक्ने साझा थलोको रुपमा विकास गरिनुपर्छ।

    ‘प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि धेरैले सम्मान र स्वागतको समय मागे तर कसैलाई समय नदिई जनता भगवानलाई भेटघाटगर्नेमा समय दिँदै आएको छु,’उनले भने,‘जीवनको महत्पूर्ण कडिसँग जोडिएको हुँदा अस्पताललाई पहिलो पल्ट सयम दिएको छु। समयदिनेमा पहिलो प्राथमिकमा परे सरह स्वास्थ्य, शिक्षा, कृषि र युवालाई रोजगार दिने सन्दर्भका विषयहरु प्हिलो प्राथमिकतामा पर्ने छन्।’

    स्वागत मन्त्वय दिँदै प्रादेशिक अस्पताल सिरहाका प्रमुख डा।नागेन्द्र यादवले अस्पताललाई अझ व्यवस्थित गर्न केही उपकरणहरुकोखाँचो रहेको सन्दर्भमा उनले भने,‘बजेटको अभाव हुँदैन समन्वय बढाउनुस सबै खाले समस्याको विस्तारै निकास हुनेछन्।’ प्रादेशिकअस्पताल रहेकोले स–साना बजेटबाट हुन सक्ने काम स्थानीय तहबाटै गराइदिने र बाँकी रहेका ठुला बजेटबाट हुने कामहरु संघीयसरकारसँग समन्वय गरी गराइदिने उनले प्रतिबद्धता जनाए।

    पहिलाको भन्दा वर्तमानमा प्रादेशिक अस्पतालको धेरै सुधार भएकोमा खुसी व्यक्त गर्दै सिटि एस क्यान मेसिन खरिद, कुरुवा घरनिर्माण, स्तरोन्नति गरी दुई बेड पु¥याउने लगायत अन्य भौतिक संरचनाको जीणोद्वार तथा निर्माणको सन्दर्भमा एउटा गुरुयोजना बनाईत्यस अनुसार क्रमिक रुपमा परिपूर्ति गर्ने उनले प्रतिबद्धता जनाए।

    समन्वय गरिए नगरपालिकाबाट अस्पतालका लागि हुने हरेक खाले सहयोग गर्न तयार रहेको सिरहा नगरपालिकाका नगरप्रमुख डा।नविनकुमार यादवले बताए। अस्पताल विकास समितिका अध्यक्ष सोहेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा नरहागाउँपालिकाका अध्यक्ष रामप्रमोद यादव,एमालेका सिरहा जिल्ला अध्यक्ष चन्देश्वर प्रसाद मण्डल, आशादेवी यादव, युवा नेता दिनेशयादव लगायतको सहभागीता रहेको थियो।