काठमाडौं नगर प्रहरीका एसपी राजुनाथ पाण्डे नेपालका दबंग हुन् : मेयर साम्पाङ - Chaitanya News
  • 2026-05-01
  • 14:17:00
  • शुक्रबार,बैशाख १८, २०८३
  • काठमाडौं नगर प्रहरीका एसपी राजुनाथ पाण्डे नेपालका दबंग हुन् : मेयर साम्पाङ

    काठमाडौं नगर प्रहरीका एसपी राजुनाथ पाण्डे नेपालका दबंग हुन् : मेयर साम्पाङ

    काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेको प्रशंसा गरेका छन्। काठमाडौंका मेयर बालेन्द्र शाहको नेतृत्वमा काम गरिरहेका प्रमुख एसपी पाण्डेको प्रशंसा गर्दै हर्कले उनलाई ‘नेपालका दबंग’ भएको बताएका छन्।

    मेयर शाहले त्यसअघिका एसपी धनपति सापकोटालाई हटाएर गत २ भदौको निर्णय अनुसार पाण्डे नगर प्रहरी प्रमुखमा नियुक्त भएका थिए।

    पाण्डेको तस्बिर सेयर गर्दै मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हेर्न आँखा आफ्नो आफ्नो हुन्छ तर यी व्यक्ति नेपालका दबंग हुन्,’

    पाण्डे २०५० सालमा नगर प्रहरी सेवामा प्रवेश गरेका हुन्। २०७७ सालमा उनको नगर प्रहरी नायव उपरीक्षकबाट नगर प्रहरी उपरीक्षकमा पदोन्नति भएको थियो।