संसद् भवन खालि गर्न पर्यटन बोर्डका वरिष्ठ निर्देशकको माग - Chaitanya News
  • 2026-04-29
  • 17:49:13
  • बुधबार,बैशाख १६, २०८३
  • संसद् भवन खालि गर्न पर्यटन बोर्डका वरिष्ठ निर्देशकको माग

    संसद् भवन खालि गर्न पर्यटन बोर्डका वरिष्ठ निर्देशकको माग

    काठमाडौं– नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बिआइसीसी) संसद भवन तत्काल खालि गर्न सरकारसँग माग गरेका छन्।

    सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको अर्थतन्त्रमा मेला महोत्सवको महोत्सवमा विद्यमान चुनौती र आगामी तयारी कार्यक्रममा बोल्दै वरिष्ठ निर्देशक ऐरले सरकारसँग यस्तो माग गरेका हुन्। उनले काठमाडौंमा अन्तराष्ट्रिय स्तरका मेला महोत्सव गर्नको लागि अन्तर्राष्ट्रिय स्तरको हलको आवश्यक रहेको भन्दै बिआइसीसी भवन संसद बस्नको लागि नभइ अन्तर्राष्ट्रिय प्रदर्शनी हलका रुपमा सञ्चालनका लागि भएकाले तत्काल खालि गराउनु पर्ने बताए। उनले सरकारले ठूलाठूला मेला महोत्सव आयोजना गर्न हल निर्माण गर्नुपर्ने बताए।

    उनले प्रदर्शनी स्थल पूर्वाधार विकासका लागि निजी क्षेत्रसँग पर्यटन बोर्डले सकारात्मक भुमिका खेल्ने बताए। उनले मेला महोत्सव गर्न पर्यटन बोर्ड निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि बताए।