नेकपा माओवादी केन्द्रले कटायो समानुपातिकतर्फ ११ लाख मत - Chaitanya News
  • 2026-04-27
  • 13:12:04
  • सोमबार,बैशाख १४, २०८३
  • नेकपा माओवादी केन्द्रले कटायो समानुपातिकतर्फ ११ लाख मत

    नेकपा माओवादी केन्द्रले कटायो समानुपातिकतर्फ ११ लाख मत

    काठमाडौं– नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११ लाख मत कटाएको छ। मंगलबार बिहान १० बजेको अद्यावधिक विवरणअनुसार माओवादी केन्द्रले ११ लाख १ हजार ७२९ मत पाएको हो।

    ११ लाख मत कटाएर माओवादी केन्द्रले तेस्रो स्थान हासिल गर्दा २५ लाख ८६ हजार मतसहित नेकपा एमालेले पहिलो स्थानमा छ। यस्तै २४ लाख ५३ हजार मतसहित कांग्रेस दोस्रो स्थानमा हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१ हजार मत पाउँदै चौथो स्थान हासिल गरेको छ।

    यस्तै राप्रपाले ५ लाख ५२ हजार मत पाउँदा जसपाको मत ३ लाख ५८ हजार रहेको छ। यस्तै थ्रेस होल्डको नजिक रहेको जनमत पार्टीले ३ लाख १ हजार मत पाउँदा एकीकृत समाजवादी पार्टीले २ लाख ६४ हजार मत पाएको छ।

    यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ४६ हजार मत पाएको निर्वाचन आयोगले जनाएको छ।