अब सात वटा क्षेत्रको नतिजा आउन बाँकी - Chaitanya News
  • 2026-04-27
  • 13:11:07
  • सोमबार,बैशाख १४, २०८३
  • अब सात वटा क्षेत्रको नतिजा आउन बाँकी

    अब सात वटा क्षेत्रको नतिजा आउन बाँकी

    काठमाडौं –  प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब ७ वटा क्षेत्रको अन्तिम परिणाम आउन बाँकी रहेको छ ।

    उदयपुर–१, धनुषा–२, सुनसरी–३ र सुनसरी–४ मा मतगणना जारी छ भने बाजुरा र स्याङ्जा–२ मा दलहरुबीच विवाद हुँदा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन । मंसिर ४ मै निर्वाचन भएको दोलखाका १० निर्वाचन केन्द्रमा बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगले आगामी बिहीबार पुनः मतदान गर्ने भएको छ ।

    अहिलेसम्म घोषित परिणाममा नेपाली कांग्रेस ५३ स्थानमा विजयी हुँदा नेकपा (एमाले) ४२ सिटका साथ दोस्रो स्थानमा रहेको छ । यस्तै, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी ७/७ स्थानमा विजयी भएका छन् ।

    त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, नेमकिपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाले एक/एक स्थानमा जित हासिल गरेका छन् । यस्तै ५ ठाउँमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् ।

    गणना जारी रहेका ठाउँमध्ये कांग्रेसले ३ ठाउँमा अग्रता लिएको छ भने एमालेले एक सिटमा अग्रता लिईरहेको छ ।