स्थानीय तहमा अस्पताल स्थापना गर्न आधारदरमा थप २% प्रिमियममा कर्जा पाइने - Chaitanya News
  • 2026-04-18
  • 23:34:45
  • शनिबार,बैशाख ०५, २०८३
  • स्थानीय तहमा अस्पताल स्थापना गर्न आधारदरमा थप २% प्रिमियममा कर्जा पाइने

    स्थानीय तहमा अस्पताल स्थापना गर्न आधारदरमा थप २% प्रिमियममा कर्जा पाइने

    कर्जा खबर।

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अस्पताल नभएका स्थानीय तहमा अस्पताल स्थापना गर्नका लागि आधार दरमा बढीमा २ प्रतिशत थप ब्याजदरमा कर्जा उपलब्ध गराउन निर्देशन दिएको छ ।

    राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशिका २०७७ माच संशोधन/परिमार्जन तथा थप व्यवस्था गर्दै उक्त निर्देशन दिएको हो ।
    यस्तो कर्जाको सीमा बढीमा २० करोड रुपैयाँसम्मको हुनेछ ।

    ‘अस्पताल नभएका स्थानीयतहमा १०० बेडसम्मको अस्पताल स्थापना गर्न बैंक तथा वित्तीय संस्थाहरुले आधारदरमा अधिकतम २ प्रतिशत विन्दु सम्म प्रिमियम थप गरी रु. २० करोड सम्म कर्जा प्रवाह गर्न सक्नेछन्,’ निर्देशिकामा भनिएको छ ।